चट्याङ्ग लागेर सल्यान कुमाख गाउँपालिका ३ चिनाली की ६ वर्षिय हिमानी रानाको ज्यान गएको छ । कुमाख गाउँपालिका ३ का वडा सदस्य ३६ वर्षिय अतिराम रानाकी ६ वर्षिया छोरी रानाको मंगलबार विहान दश वजे तिर परेको चट्याङले ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।चट्याङ लागेर गम्भिर घाइते भएकी रानाको उपचारका लागि जिल्ला अस्पताल उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
चट्याङ्ग लागेर सोही गाउँपालिका वडा नम्वर ३ का सदस्य २६ वर्षिय अतिराम राना, ३० वर्षिया दिपा राना, छोरा ८ वर्षका ८ वर्षिय यमराज राना, २६ वर्षिय भाई टेकवहादुर राना, र भतिजो २३ वर्षिय रणसिह राना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिए ।चट्याङ लागेर घाइते भएकाहरुकाे उपचारका जिल्ला अस्पताल सल्यानमा भैरहेको छ ।