कोहि उभिएर यात्रा गरिरहेका छन ।कोहि टिकट नपाएर बसपार्कमै अलपत्र छन ।सरकारले लामो दुरिमा बसहरु चल्न नदिने भनेपछि मानिसहरु समयमै बस चढन हतार गरिरहेका छन । बसहरु खचाखच भरिएका छन। मानिसहरु हतारहतारमा गाउँ तर्फ जादै छन । बिद्यालय,होटल,तथा सार्वजनिक स्थलहरु सुनसान बन्दै छन।काठमाडौ तिन दिनमै सुनसान बनेको छ । नाकाहरुमा भारत बाट आउने मानिसहरुको ठेलमठेल छ । यात्रुहरुको घर जाने सुरसारका झट्ट दृश्यहरुले दशै तिहारको झल्को दिलाउछन ।तर दृश्य चाडपर्वमा घर जाने जस्तै देखिएपनि अवस्था भने निकै दुखदायि छ ।हुन त नेपालमा विश्व स्वास्थ अवस्थालाइ चुनौति दिदै तिव्र रुपमा फैलिएको कोरोनोको संक्रमण प्रवेश गरिसकेको छैन । त्यसलाई प्रवेश गर्न नदिन अहिले अपनाइएको विभिन्न उपायको कारणले नागरिकले केही असुविधा र असहजताको सामना गर्नु परेको छ ।भविष्य सुरक्षित बनाउन वर्तमानमा आइपरेको समस्या तथा अप्ठ्याराहरु सामना जसरि पनि गर्नु छ ।सावधानी अपनाउदा निकै ठुला ठुला समस्याहरु पनि सगै आएका छन ।कमाउन गएकाहरु,पढन गएकाहरु सबै सबै सगै फर्कदा अवस्था झन भद्रगोल भएको छ । यस्तो अवस्थामा सबैले धैर्यता र सावधानीका मान्यताहरु पालना गर्नु पर्छ । यो अवस्था अझै लम्बिन्छ की छोटिन्छ भन्ने अन्यौतापुर्ण प्रश्नहरु धेरैका मनमा छन । यसको बारेमा कसैले यही मितिमा स्थिति सामान्य हुनेछ भनेर ठोकुवा गर्न सक्ने सम्भावना छैन ।
नेपालको सामान्य अवस्था कहिले बाट होला त ?
अहिले सबैलाई घर जाने हतार मात्रै छ । केही लाई लागेको छ यो अवस्था चैत अन्तिम साता पछि सुधार हुनेछ ।केहीलाई लागेको छ यो अनिश्चितकालिन रुपमा रहिरहने छ ।खासमा यो नेपालको मात्रै समस्या नभएको हुदा अन्तर्रा्ष्ट्रिय अवस्था सग पनि सम्बन्धित छ ।अन्तर्रा्ष्ट्रिय अवस्थामा तलमाथि भए पछि नेपालमा पनि त्यहि अनुसार तलमाथि हुनेछ ।तर अहिले नेपाल र अन्तर्रा्ष्ट्रिय अवस्था अलि फरक हो । विश्वका धेरै मुलक कोरोनोको अत्यधिक संक्रमण र मृत्युको सिकार भैरहेका छन तर नेपालमा संक्रमण रोक्नको लागि पुर्व तयारी मात्रै यो हो ।यो तयारी मेरो विचारमा कम्तिमा तीन हप्ता अर्थात चैत अन्तिम साता सम्म रहन सक्छ ।कम्तिमा १४ दिन सम्म कसैलाई संक्रमण भएन भने विद्यालयहरु खुल्ने छन ।परिक्षाहरु संचालन हुनेछन् ।मानिसहरुको आवतजावत सहज हुनेछ।मानिसहरु पुरानै काममा फिर्ता हुनेछन ।तर सावधानी उपायहरू भने अपनाइ रहनुपर्ने छ ।किन भने अहिलेको अवस्था लाई परिक्षण गर्न मात्रै अस्थाई लक डाउन गरिएको हो । विश्वमा यो रोकथाम नहुन्जेलसम्म यसको खतरा भैरहने हुदा हामीले लापरबाही नगरि सावधान हुनुपर्ने छ ।कोरोनोको संक्रमण बाट बच्न गरिने उपायहरू नियमित पालना गर्नुपर्ने छ ।तर तीन साता पछि अवस्था तलमाथि भयो भने के होला त ?
मेरो अनुमानमा तीन साताको बिचमा नेपालमा कसैलाई संक्रमण फेला परेमा यो अवस्था अझ कसिलो हुनेछ ।यो अवस्थालाई अझ कडा बनाइने छ ।एक प्रकारको कर्फ्यु जस्तै गरि सावधानि अपनाइने छ ।यातायात पुर्ण रुपमा ठप्प हुनेछन् ।मानिसहरु घर बाहिर निस्कन प्रतिबन्ध लगाइने छ ।राज्यको सबै शक्ति आफ्नो आफ्नो ठाउँबाट सतर्कता ब्यवस्थापन गर्न खटाइने छ ।लामो समयको ठप्प अवस्थाले अभावको सिमा अवश्य नाघ्ने छ ।सकभर राज्यले आपूर्ति ब्यवस्था सहज बनाउन बैकल्पिक ब्यवस्था गर्नेछ । अवस्था यस्तो आयो भने राष्ट्रिय अर्थतन्त्रमा भयानक गिरावट आउने छ ।काम गरेर पेट पाल्ने मजदुरहरु मरिमरि बाच्ने छन ।सकभर सरकारले यस्तो अवस्थामा अरु विकास निर्माणमा खर्च गर्ने बजेट बाट गरिबहरुको छाकटार्न बैकल्पिक ब्यवस्था मार्फत राहत वितरण गर्नुपर्ने छ ।
देश खुले पनि विदेश खुल्ने छैन
तीन साता पछि भगवान भरोषा केही भएन भने यहाको अवस्था सामान्य बन्दै जाने छ । नेपालमा कुनै पनि कोरोनाका संक्रमितहरु देखिएनन् भने सामान्य अवस्थामा अवश्य फर्कने छ । विस्तारै आन्तरिक जीवन सहज हुनेछ ।
आन्तरीक जविन सहज भएपनि विदेश बाट आउने र जाने सम्भावना भने अहिलेको जस्तै हुनेछ । किन भने जब सम्म विश्व जगतमा यो नियन्त्रण नभए सम्म खतरा रहिरहन्छ । त्यसैले विदेश आउ जाउ मा कडा निग्रानि विमानस्थलमा हुनेछ । विश्व बाट कोरोना नियन्त्रण यतिबेला हुन्छ भन्ने कुनै आधार छैन । बिबिसीले यो परिस्थितिबाट बाहिर निस्कने तीनवटा तरिकाहरु हुने सक्ने उल्लेख गरेको छ । जसअनुसार खोप,धेरै मानिसहरूमा रोगप्रतिरोधी क्षमताको विकास, वा व्यवहाररसमाजको स्थायी परिवर्तन । यी सबै तरिकाहरूले भाइरसको फैलिने गति कम गर्नेछन । सबैभन्दा भरपर्दो तरिका खोप हुनेछ ।तर बिबिसि का अनुसार खोप बन्न कम्तीमा एक वर्ष लाग्छ । खोपले मानिसको रोग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले गर्दा उनीहरू बिरामी हुने जोखिम कम हुन्छ।करिब ६० प्रतिशत मानिसहरूलाई नयाँ कोरोनाभाइरस प्रतिरोध गर्न सक्ने बनाइयो भने उक्त भाइरस फैलिन सक्दैन ।अमेरिकामा एक व्यक्तिलाई यसै हप्ता पहिलो पटक खोप परीक्षण गरिएको छ।खोपका बारेमा अभूतपूर्व गृहकार्य भइरहेको छ तर यो सफल हुन्छ भन्ने निश्चित छैन।