
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशमा शान्ति कायम होस् भन्ने कामना गरेका छन् । साथै उनले देशवासीले अन्याय, अत्याचार र सबै प्रकारका दमनबाट मुक्ति पाउन् भन्ने कामना पनि गरेका छन् ।
देउवाको सन्देशमा लेखिएको छ, ‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ । त्यसैले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो ।’