
आन्ध्र प्रदेशको विशाखापटनमा एउटा रासायनिक उद्योगकाे ग्यास चुहिँदा अहिलेसम्म आठ जनाको ज्यान गएको र सयौँ अरू बिरामी परेका छन्।डाक्टरहरूलाई उदृत गर्दै बीबीसीले तेलुगुलाई ‘सयौँ’ मानिसहरूलाई अस्पताल लगिएको बताएकाे छ । प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन्।स्थानीय समय अनुसार बिहान ३ बजे पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो।बीबीसी हिन्दीका अनुसार ८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको छ।
आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डका वरिष्ठ अधिकारी राजेन्द्र रेड्डीले बीबीसी तेलुगुका सतिश बल्लालाई बताएअनुसार चुहिएको ग्यास स्टाइरिन हो। यो ग्यास सामान्यत: रेफ्रिजिरेटरमा राख्ने गरिन्छ।कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको जनाइएको छ।अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन्।
ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए।
ग्यासको धुवाँ तीन किलोमिटर वरिपरि फैलिएको र प्रभावित क्षेत्रबाट मानिसहरूको उद्धार थालिएको छ।
एकजना वरिष्ठ जिल्ला अधिकारीले बीबीसीले बताए अनुसार ग्यास चुहावट रोक्ने प्रयत्न सफल हुन सकेको छैन। तर स्थानीय समाचार एजेन्सीहरूले अहिले परिस्थिति नियन्त्रणमा रहेको जनाएका छन् बच्चाहरू जन्मिने गरेको पीडितहरूले बताउने गरेका छन्।