चट्याङ लागेर रोल्पाको लुङ्ग्री गाउँपालिकामा बिहीबार दुई जनाको निधन भएको छ ।चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको ज्यान गएको वडाध्यक्ष अमृत घर्तीले बताए ।
बिहान ८ बजे आसपासकाे समयमा परेको चट्याङले गहुँ भित्र्याइरहेका विक र ट्वाइलेट जान लागेका पुनको घटनास्थलमै ज्यान भएको हो । झण्डै ६० मिटरको दुरीमा रहेको दुवै घरमा क्षति पुगेको र भीमबहादुरको बाख्राको पाठा समेत मरेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।