
रोजगार अनुमति प्रणाली (इपिएस) बाट काेरियामा कार्यरत हाल आफ्नो देश गएर काेरिया फर्कनेहरुका लागि काेराेना भाइरसका कारण क्वारेन्टाइन नयाँ ब्यवस्था गरिएको छ ।इपिएस बाट काेरिया पुगेका १६ देशका श्रमिकहरुकाे लागि आफ्नो कम्पनिबाट बिदा लिएर अथवा कम्पनि छोडी काम खोज्ने समय अवधिमा आफ्नो देश गएको भए यस्तो प्रवासी श्रमिकहरु अहिले कोरिया आउदा कोरोना भाइरसको कारणले गर्दा क्वारेन्टाइनमा बस्नु पर्ने छ । क्वारेन्टाइनमा बस्नको लागि ठाँउको व्यवस्था कम्पनीले नगरिदिए ,आफैले ब्यबस्था गर्ने आफैले ब्यवस्था गर्न नसके स्थानीय निकाय (सरकार )ले ब्यबस्था गरिदिनु पर्ने छ ।
।तर आफैले क्वारेन्टाइनमा बस्ने ठाउँको व्यवस्था गर्न नसकेर सरकारले व्यवस्था गरेको ठाउमा बस्ने हो भने त्यसको रकम दिनको १ लाख वोन(१४ दिनको १४ लाखवोन) लाग्नेछ ।यो रकम श्रमिक आफैले व्यहोर्नु पर्नेछ. यो क्वारेन्टाइनमा बसेको खर्च तिर्नको लागि सम्बन्धित प्रवासी श्रमिकसग पैसा छैन भने एचआरडी कोरियाले केहि समयको लागि(७ महिना) ऋण दिने निर्णय गरेको प्रवासी मजदुर युनियनका महासचिव मधुसूदन ओझाले जानकारी दिए ।
यो ऋण एचआरडीले प्रवासी श्रमिकहरुले संसर्ग भएको थेजिकगुम रकम स्वदेश फिर्ता हुदा नलगेर गएको कारण एचआरडीको खातामा जम्मा भई रहेको रकमबाट (निस्क्रिय बिमा) आएको ब्याजबाट दिने भएकोछ । यो ऋणलिन चाहने श्रमिकले क्वारेन्टाइनमा बसेको ठाउँबाट एचआरडीमा (फ्याक्स मार्फत) निबेदन दिन सकिने छ ।