
नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १८ ,१७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
शनिबार विहान स्वास्थ मन्त्रालय द्वारा जारि विज्ञप्ति अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।