
कोरोना को लडाईमा लडिरहेको विश्वले अब बिस्तारै मानव जन जीवनमा मनोवैज्ञानिक तथा आर्थिक रुपमा सुधार उन्मुख कदमहरु चाल्न लागेको देखिन्छ । यस आपतकालिन अवस्थामा विकल्पको रुपमा चालिएको कदम हरु मध्ये एक हो संक्रमित र जोखिमको आधारमा
अति जोखिम क्षेत्रलाई – रेड जोन ,कम जोखिम क्षेत्रलाई- एलो जोन जोखिमरहित क्षेत्रलाई – ग्रीन जोन
वास्तवमा यो कदम अति नै सह्रानीय अनि वैज्ञानिक कदमको रूपमा आएको छ । यसले प्रत्येक देश लाई अनि समाजलाई आफैमा आत्मनिर्भर गराउने उद्देश्य लिएको पाइन्छ। अाफैले उत्पादन गर्न नसक्ने , अनि अरुको उत्पादन मा मात्रै निर्भर रहने देश हरुको लागि यो चुनौतीको रुपमा देखा परेको छ । हामी नेपालीहरूको लागि चाहि अति नै ठूलो अवसरको रुपमा हामीले ग्रहण गर्न जरुरी देखिन्छ , भनिन्छ नि “जहाँ समस्या त्यहाँ उपाय ” साच्चै भन्नुपर्दा हाम्रो देश आज सम्म उपभोग्य वस्तुहरूको आधारमा हेर्ने हो भने आयतित वस्तुमा नै निर्भर रहेको पाइन्छ । हाम्रो उपभोक्ताहरु लाई बिदेशी उत्पादन हरुले नराम्रो लत बसाई सकेको छ । यस बाट छुटकारा पाउनु पर्छ भन्ने अभियन्ताहरु समेत सामाजिक तथा पारिवारिक व्यवहारले गर्दा आयातित सामान लाई उपभोग गर्न बाध्य छन्। अहिले हेर्ने हो भने सारा नाका बन्द छ , र हुन पनि पर्ने अवस्था छ। यो नाका अझै सरल रुपमा कच्चा पदार्थ मात्रै आयात गर्ने गरि बन्द गर्नु पर्छ । बाहिर बाट आउने अायातित रेडिमेड सामान हरु लाई पूर्ण रुपमा भित्रिन नदिने नियम बन्नु पर्दछ । उपभोग्य वस्तुहरूको बजारमा अभाव हुन लागेको छ । यो अभाव अझै बढ्ने देखिन्छ। बजारको अभावलाई पूरा गर्ने सामर्थ्य राखेका आन्तरिक उद्योगहरुले हिजोसम्म वैदेशिक वस्तुहरूको कारण आफ्नो ब्रान्ड स्थापित गर्न नसकेको देखिन्छ ।
उत्पादन क्षमता उत्पादनमा गुणस्तर हुँदाहुँदै पनि ”नेपाली समान ?” भन्नेहरु नै कारण नेपालि उद्योगले टाउको उठाउन सकेका थिएनन् तर यो सुनौलो अवसर आज नेपाली उद्योगहरु लाई मिलेको छ। गुणस्तरीय समान सस्तो मूल्यमा बिक्री गर्न सक्ने क्षमता राख्ने हरु को लागि आफ्नो सेवा जति पनि विस्तार गर्नसक्ने आधार बनेको छ । अहिलेको लकडाऊन व्यवस्थापन कम्तिमा पनि अझै ३ देखि ५ महिना सम्म लम्बिन सक्ने अनुमान छ। जसले यो अवस्थालाई बुझेर आफ्नो उत्पादन बजारसम्म पुर्याउन सक्ने छ , त्यो उद्योगको उत्पादनले नेपाली ग्राहकहरूको मन जित्ने छ , दुनियामा त्यो उत्पादनहरुले राज गरेको छ जसले ग्राहकको मन जितेको छ । आउँदो तीन महिनामा जस्ले अतिआवश्यकीय बस्तुहरुको उत्पादन गर्न सक्दछ। त्यस्ता उद्योगहरूले आफ्नो सर्वोच्च स्थान बनाउन सक्नेछ । उल्लेखित उद्योगहरुले आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो ब्राण्ड लाई उल्लेखनिय बनाउन सक्नेछ। जसलाई क्रमश बुझ्न सकिन्छ ।
१. खाद्य सँग सम्बन्धित सामग्री
२.स्वास्थ्य तथा सरसफाइ सँग सम्बन्धित सामग्री
३.इन्टरनेट तथा इन्टरनेट शिक्षासँग सम्बन्धित सामग्री
१. खाद्य सँग सम्बन्धित सामग्री-
अहिले सबैको आम्दानीको बाटोहरु साँघुरिएको कारण अरु वस्तुको क्रय शक्तिमा कम हुँदै गएको यस्तो अवस्थामा पनि खाद्य तथा भान्सा सँग सम्बन्धित वस्तुहरूको प्रयोग भने दिनानु दिन बढिरहेको छ । अन्य कुरा जे जस्तो भए पनि खाना बिना हामी बाँच्न सक्ने अवस्थामा छैनौं । सामान्यतया अरु बेला खाने खाना भन्दा यो बेला खाने खानामा परिकारहरु अलिक बढी नै बनाएर खाने गरेको पाइन्छ। किनकि अहिले समय पास गर्न , समयलाई सदुपयोग गर्न र समयलाई रमाइलो गर्न कै रुपमा भएपनि धेरै समय भान्साको काममा बिताएको पाइन्छ । यस बेला फस्टाउन सक्ने खाद्य उद्योगहरुमा चामल तथा दाल उधोग , तेल उद्योग ,मसला उधोग , तरकारी तथा फलफूल उत्पादन र रेडिमेड खाना उद्योगहरूको भविश्य राम्रो देखिन्छ।
२.स्वास्थ्य तथा सरसफाइ सँग सम्बन्धित सामग्रीहरूको उधोग दुई महिनाअघिसम्म आफ्नो स्वास्थ्य र सर सफाईको लागि ख्यालै नगरी लापरवाही गर्दै हिँड्ने र स्वास्थ्य र सरसफाइ गर्न समय नै छैन भन्दै अस्त-व्यस्तमा समय बिताउने हरु आफ्नो स्वास्थ्य र सरसफाइमा मात्रै केन्द्रित भएर लगभग २ महिनाको समय बिताउँदा सम्म , स्वास्थ्य र सरसफाइमा निकै ध्यान पुगेको देखिन्छ । यो दुई महिना ले एक प्रकारको सामाजिक तथा पारिवारिक स्वस्थ र सरसफाइमा चेतनाको क्रान्ति नै ल्याएको छ , भन्दा फरक पर्दैन । आफ्नो स्वास्थ्य भन्दा पहिलो कुरा केही रहेनछन् भन्ने पूर्ण शिक्षा पाइसकेको नेपालीहरुले अब आफ्नो स्वास्थ्य र सरसफाइमा निकै ध्यान दिनेछन् । आउँदो तीन महिना सम्म स्वास्थ्य र सरसफाइ सँग सम्बन्धित औषधि उद्योग, सप्लिमेन्ट तथा डायरि न्युट्रिसन उधोग , व्यक्तिगत सरसफाई (साबुन, स्याम्पु ,सर्फ , ह्याण्डवास , सेनिटाइजरका साथै ट्वाइलेट -वाथरुम सरसफाइका सामग्री हरु) जस्ता उद्योगहरुले आफूलाई स्थापित गर्न सक्ने सहि समय आएको छ।
३. इन्टरनेट तथा इन्टरनेट शिक्षा सँग सम्बन्धित सामग्रीहरु
सबै उद्योग ठप्प भएपनि इन्टरनेट तथा यस सँग सम्बन्धित शिक्षाहरू भने उच्च गतिमा बढेको पाइन्छ । साँच्चै भन्नुपर्दा विश्वलाई जिउँदो राखेको छ भने , यही एउटा उत्पादन र एउटा उधोग ले मात्रै ज्युदो राखेको छ । सामाजिक दुरी नजिक बनाउन होस् , मनोरञ्जन प्रदान गर्न होस् , वा नयाँ नयाँ ज्ञानहरु हासिल गर्न होस् एकमात्र उद्योग यही नै रहेको छ।
विश्वका क्याम्पस हरुले इन्टरनेटकै सहाराबाट शिक्षा दिन सुरुवात गरिसकेको छ । विश्वकै स्कुल हरुले आफ्ना छात्र- छात्राहरु लाई इन्टरनेटबाट पठन पाठन गराउन सुरु गरिसकेका छन् । कलेज र स्कुलहरूको वास्तवमा यसले ठूलो आर्थिक भार र समयको सदुपयोग पनि गरिरहेको छ । कुनै पनि चिज किन्न पसल पसल धाउनु परेको छैन । कतिपय देश हरुमा त कागजी नोट पैसाको चलन चल्ति पनि हराउँदै गएको पाइन्छ । त्यसैले यस अवस्थामा इन्टरनेट र यस सँग सम्बन्धित सामग्रीहरूको माग दिनानुदिन बढिरहेको छ । इन्टरनेट र यस संग सम्वन्धित उत्पादन गर्ने उद्योगहरुले नेपालको रुप बदल्न सक्ने अनुमान गर्न सकिन्छ।
समग्रमा भन्नुपर्दा यो हालको चुनौति लाई अवसरको रुपमा बदल्न सके सम्पूर्ण नेपालीहरूले नेपाललाई उद्योगमा आत्म निर्भर राष्ट्र को रुपमा विश्वसामु चिनाउन सक्ने छ । ऐतिहासिक महत्त्वको यो क्षण लाई सदुपयोग गर्न नसके निक्कै वर्ष पछि सम्म पछुताउनु वाहेक अर्को विकल्प रहने छैन ।