
नेपालमा बुधबार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवा र राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडौ गरिएको परिक्षणमा कपिलवस्तु नपा ५ का २२ बर्षका अर्का युवामा काेराेना भाइरस संक्रमण पुष्टि भएको हाे ।
दुबैकाे स्वास्थ अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १९ पुगेको छ ।