कोरोना भाइरसका कारण देश बिदेशको जनजिवन नराम्रो सग प्रभावित भैरहेको छ ।महामारी रोकथामको लागि पुर्व सतर्कता स्वरुप नेपाल सरकारले नेपालमा प्रवेश पुर्ण रुपमा प्रतिबन्ध गरेपछि विदेशमा रहेका केही नेपालीहरुलाइ भिषा सकिने तनावले सताएको छ ।
यस्तो समस्या विभिन्न देशमा रहेका नेपालीहरुलाइ छ । तर नेपाली त्यस्तो समस्या समाधान गर्न आफुहरुले पहल गर्ने जनाएका छन ।यसै सन्दर्भमा कोरिया स्थित नेपाली दुताबासले भिसा अवधि सकिन थालेका नेपालीहरुलाइ सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ । भिसा अवधि कम भएका नेपाली लाई आवश्यक कागजात सहित समयमै भिसा थप्न विज्ञप्ति जारि गरि अनुरोध गरेको हो ।
महामारी रोकथामको लागि नेपाल सरकारले जारी गरेको नयाँ नियमावली तथा संक्रमित रोकथाम गर्न गरेको निर्णय लाई मध्यनजर गर्दै यस्तो आग्रह गरिएको दुताबासका अधिकारीहरुले बताएका छन । हाल नेपाल प्रवेशमा पुर्ण रुपमा प्रतिबन्ध भएकोले यो अवधिमा कोरियामा भिसा सकिने व्यक्तिहरुले अनिवार्य भिसा थप्नु पर्ने बाध्यता रहेको नेपाली दुताबासले जनाएको छ ।
भिसा थपको लागि एलियन कार्ड सक्कल राहदानी तथा एलियन कार्ड लिएर तथा अन्य छोटो अवधिको भिसामा कोरियामा रहनु हुने नेपालीहरुले स्वदेश फिर्ती हवाईटिकट आदि कागजात सहित कोरियालि अध्यागमन कार्यालयमा सम्पर्क गरि भिसा थपको लागि आवेदन गर्न सक्ने दुतावासले विज्ञप्तिमा जनाएको छ ।
कोभिड १९ संक्रमण , रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले दक्षिण कोरिया लगायतका मुलुकहरुवाट सिधा उडान भई वा अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई नेपाल जाने सबै यात्रुहरुलाई २०७६ चैत्र ७ गते शुक्रवार २० मार्च २०२० देखि लागु हुने गरी २०७६ चैत्र ३० गते आइतवार १२ अप्रिल २०२० सम्म नेपाल प्रवेशमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियोे । भिसा थप सम्बन्धि अथवा अन्य कुनै समस्या परे सौल स्थित नेपाली दुताबासमा सम्पर्क गर्न पनि दुताबासले आग्रह गरेको छ ।