
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या दुई सय ४३ पुगेको छ ।२४ जना संक्रमित मध्ये रुपन्देही निवासी २२,२२,२४,२८,३०,३२,३२,३३,४१ बर्षका पुरुषहरु रहेका छन ।त्यस्तै ४, १०,२८ बर्षीया महिलाहरु रहेका छन ।
कपिलवस्तु निवासी २२,२९,३२,४०,४०,४०,४२,४२ बर्षका पुरुषहरु रहेका छन ।यस्तै पर्सा निवासी ३६,७४ बर्षका पुरुष र ३६ बर्षीय महिला छन । उता नवलपरासीमा ३६ बर्षका पुरुष पनि रहेका छन ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । संक्रमितहरुकाे स्वास्थ अवस्था सामान्य रहेको बताइएकाे छ । हाल सम्म काेराेना बाट सन्चाे भएर घर जानेेकाे संख्या ३५ पुगेको छ ।
