
रुकुम पश्चिममा नेपाली सेनाकाे नरसिंहदल गण सल्लेले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । नरसिंहदल गणको हाता भित्र भुपु सैनिक तथा आश्रित परिवार लक्षित स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको उक्त गणले सर्वसाधारणकाे लागि पनि संचालन गरेको छ ।

भुपु सैनिक तथा आश्रति परिवारका ४०/४५ जना लाभान्वित भएको र कार्यक्रमको १९ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथि मदन कुमार केसीले निरीक्षण गर्नुका साथै सैनिक तथा आश्रित परिवारहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गरेको नेपाली सेनाले जनाएको छ ।

यस्तै विगतकाे द्वन्द्व प्रभावित तत्कालीन खारा,मुरु,रुघा नुवाकोट हालकाे त्रिवेणी गाउँपालिकामा समेत सेनाले शिविर संचालन गरेर सेवा दिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाईटि, त्रिवेणी गाउँ पालिका कार्यालय, नरसिंहदल गण र नं. १९ फि.ए. गुल्मको सहकार्यमा त्रिवेणी ७ को खारानेटामा रहेको त्रिवेणी अस्पतालमा गएको फागुन २५ गतेबाट २ दिनको सर्वसाधारण लक्षित स्वास्थ्य शिविर संचालन सम्पन्न भएको सेनाले जनाएको छ ।

उक्त शिविरमा स्त्रीरोग सम्बन्धी परीक्षण, स्वास्थ्य चेकजांच तथा औषधी वितरण गर्ने कार्य भएको थियो । उक्त कार्यक्रम पनि १९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मदन कुमार केसीले अवलोकन गर्नुभएको थियो ।

पहिलो र दोस्रो दिन गरि जम्मा महिला ३५४ जना, पुरुष ७४ जना र बालबालिका ५७ जना गरी कुल ४८५ जना सर्वसाधारण लक्षित स्वास्थ्य शिविर कार्यक्रमबाट लाभान्वित भएकाे सह-सेनानी प्रदीप घिमिरेले जानकारी दिएका छ्न।
