
बिहीबार बिहान थप दुई जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंमा १ र कपिलवस्तुमा १ गरी दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।स्वास्थ मन्त्रालयकाे जानकारी अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय बालिका लाई संक्रमण देखिएको हो।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।
याे सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । निकाे भएर घर जानेको संख्या ३५ जना पुगेको छ ।