
बिहीबार बिहान थप ५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि नभएको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । सुरुमा आफैंले पाँच जना संक्रमित भएको जानकारी गराए पनि उक्त डाटा प्राविधिक कारणले मिस्टेका भएको बताएको छ ।स्वास्थ्य मन्त्रालयले काेराेना भाइरस संक्रमितकाे संख्या दुई सय ४५ नै रहेको जानकारी दिएको छ ।

प्राविधिक कारणले पुरानो संख्या दाेहाेरिएकाे बताएको छ ।बिहिबार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति प्रकाशित गरि दुई सय पचास पुगेको जानकारी दिएको थियो ।

स्वास्थ मन्त्रालयकाे जानकारी अनुसार हामीले पनि यस अगाडि प्रकाशित समाचारमा संक्रमित संख्यालाई सच्याएरका छाै ।