
सिङ्गापुरमा सार्वजनिक उद्यानहरूमा मानिसहरूले एकअर्काबीच पर्याप्त दूर कायम राखून् भनेर ‘यान्त्रिक कुकुर’ प्रयोग गरिएको छ। काेराेना भाइरस बाट बच्नलाई सामाजिक दुरि कायम राख्नुपर्ने मान्यतालाई ख्याल गर्दै उक्त ब्यवस्था गरिएको हाे ।
अमेरिकास्थित एउटा कम्पनीले बनाएको उक्त रोबटमा मानिसहरूको गतिविधि निगरानी राख्न क्यामरा जडान गरिएको छ।
उक्त राेवर्टकाे भिडियो बिबिसीले सार्वजनिक गरेको छ ।बिबिसले सार्वजनिक गरेको उक्त भिडियोमा मानिसहरूलाई दूरी कायम राख्न बारम्बार सन्देश दिइरहेको सुन्न सकिन्छ । उसले पार्कमा नियमित गस्ती गरिरहेको हुन्छ ।