
शुक्रबार बिहान थप ९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार नेपालगन्जकाे भेरि अस्पतालमा गरिएको परिक्षणमा नाै जनाको रिपोर्ट पाेजेटिभ आएको हाे ।
मकवानपुर निवासी ३७ बर्षका पुरुष त्यस्तै बाँके निवासी १८,२०,२२,२५,२५,२७,३२,३६ बर्षका पुरुष रहेका छन ।उनिहरुकाे स्वास्थ अवस्था सामान्य रहेको बताइएको छ ।याे सँगै नेपालमा काेराेना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ ।