
पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने अधिकार दिइएको छ ।कठोर रुपमा पेश भएका पर्साका प्रशासकहरुको जेठ १ गते बिहीबार सम्पन्न संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालबाट कोरोना संक्रमित भागेमा गोली हान्नेसम्मको अधिकार सुरक्षाकर्मीलाई दिएको हो ।
अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोलीसम्म चलाउने अधिकार प्रदान गरीएकाे छ ।
।गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए ।