
अमेरिका र बेलायतका केही शाेधकर्ताहरुले अन्तर्राष्ट्रिय संचार माध्यमले जनाए अनुसार अक्सफाेर्ड विश्वविद्यालयमा काेराेना भाइरसकाे खाेपकाे बारेमा भइरहेकाे कामकाे बारेमा बताएका छन् । उनीहरुले सुरुवाती निष्कर्ष आशाजनक भएकाे बताएका छन् । ‘शाेधकर्ताहरुले ६ वटा बाँदरकाे एक समूहमा याे खाेपकाे प्रयाेग गरेका थिए र अहिले त्याे खाेपले काम गरिरहेकाे छ ।’
अब याे खाेप मानिसमा परीक्षण भइरहेकाे छ । साथै केही अन्य वैज्ञानिकहरुमार्फत् आउँदा दिनमा याे खाेपकाे जाँच गरिनेछ । बेलायतकाे औषधि निर्माता एझेडएनएलले गएकाे महिना अक्सफाेर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका साेधकर्ताहरुसँग मिलेर काेराेना भाइरसकाे खाेपकाे बारेमा काम सुरु गरिएकाे बताएकाे थियाे ।
शाेधकर्ताहरुले आफ्नाे रिपाेर्टमा भनेका छन्– ‘६ वटा बाँदरलाई भारी डाेज दिनुअघि याे खाेप लगाइएकाे थियाे । याे खाेपबाट केही बाँदरकाे शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लाग्याे ।’
शाेधकर्ताहरुकाे अनुसार, ‘काेराेना भाइरसकाे सम्पर्कमा आएपछि याे खाेपले ती बाँदरहरुकाे फाेक्साे क्षति हुनबाट बचायाे शरीरमा भाइरसकाे कपी बन्न र बढ्न राेकियाे । तर भाइरस अहिले पनि नाकमा सक्रिय देखिएकाे छ ।’