
स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा आफुलाई युवा स्वयंसेक भन्दै एकजना स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेका थिए ।कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले तयारी गरेको छ ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै उत्तम लगाएतले शुक्रबार दिउँसो वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसकाे चौतर्फी विरोध भएको थियो ।भिडियो समेत सार्वजनिक गरेका थिए ।