नेपालमा कोरोना भाइरस बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा आइतबार मृत्यु भएका २५ बर्षका पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी काेराेना बाट ज्यान गुमाउने दाेस्राे ब्यक्ति भएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरेका हुन ।यस अगाडि शनिबार सिन्धुपाल्चोक कि २९ बर्षकि एक सुत्केरी महिलाको काेराेना भाइरस बाट निधन भएको थियो ।