
साउदी अरबकाे रियादमा अलपत्र २५ जना नेपालीहरुलाई राहत वितरण गरिएको छ । पैसा नपाएर कम्पनी बाट पिडित भएका नेपालीहरुलाई सिटी एक्सप्रेसले साउदी अरबले एक महिना पुग्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराएको हाे ।
यसरी राहत पाउनेहरु ३ महिना अघि सक्सेस मेनपावर एजेन्सी प्रा.लि.बाट साउदीको Al waha business contracting company मा आएकाहरु हुन ।उनीहरुलाई पछिल्लो समय कम्पनीले खाने बस्ने कुनै कुरा बेहोरेकाे थिएन । त्यहि कारणले उनीहर असाध्यै समस्यामा परेका थिए।

रोजगारदाता कम्पनी र उनीहरुको बिचमा भएको सम्झाैता पत्रमा करार अवधी २ वर्ष,खान,बस्ने सुविधा कम्पनीले उपलब्ध गराउने, यातायात,इन्स्योरेन्स,हवाई टिकट, दैनिक ८ घण्टा ड्युटि,बेसिक तलब आेभर काम ,हप्तामा एक दिन छुट्टि लगायतका सुबिधाहरु कम्पनी उपलब्ध गराउने सम्झौता थियो ।तर यी कुराहरु लागू नभएपछि त्यति संख्यामा नेपालीहरु अलपत्र परेका थिए । हामीलाई अब एक महिना पुग्छ त्याे भन्दा उता कसरी पेट पाल्ने हाे, सिटी एक्सप्रेसलाई धन्यवाद एक पिडित नेपालीले भने ।साउदी पुगेकाे १५ दिनमै काेराेना भाइरसका कारण लकडाउन भएपछि कम्पनीले उनीहरूलाई तलब दिएकाे छैन ।
उनिहरुको बारेमा साउदि स्थिति नेपाली संचारमाध्यमले नेपाली दूतावास लगायत सहयोगी संघ,संस्थाहरुलाई जानकारी गराएपछि राहत वितरण भएको हाे ।राहत वितरण गर्नु पुर्व टेलिमनी बैंक नेपालका लागि रेमिटेन्स मेनेजर जितेन्द्र थपलियाको नेतृत्वमा, अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल लगायतको टिमले स्थलगत अध्ययन गरेको थियो।उक्त अध्ययन पछि सिटि एक्सप्रेस,को समन्वयमा पिडितहरुलाई राहत वितरण गरिएकाे मेनेजर थपिलियाले जानकारी दिए ।

विगतका केहि समय यता साउदी अरबमा,सिटि एक्सप्रेसले र टेलिमनीले विभिन्न संघ,संस्थाहरु सँग सहकार्य गर्दै नेपाल र ,नेपाली हरुकाे समस्यामा पनि हातेमालो गर्दै आएको छ । साउदीमा सिटी एक्सप्रेसले गरेको उक्त राहत कार्यक्रम सह्यनिय भएको भन्दै सिटी ऐक्प्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डन र साउदिका जितेन्द्र थपलीया ( टेलिमनी ) लाई विभिन्न नेपाली संघसंस्थाहरुले धन्यवाद दिएका छन ।
सिटी बाट पैसा पठाए अफरै अफर
त्यसैगरी हरेक बर्ष, टेलिमनी / सिटी एक्सप्रेस मार्फत नेपाल पैसा पठाए लक्की ड्र गराई विभिन्न अफर सँगै अन्य उपहारको समेत व्यवस्था गर्दै आएको छ । जसमध्ये नेपाल पैसा पठाएका ब्यक्तिहरु लाई भाग्यशाली प्रतिष्पर्धा गराई काठमाडौमा ४ आना जग्गा, नगद १० लाख सँगै , बिभिन्न उपहारहरु उपलब्ध गराउदै आएको छ ।