
रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।
राैतहटका २१,२१,२३,२५,२५,२९,३० बर्षका पुरुषहरु छन ।यस्तै राैतहटकै २८ बर्षीया महिला,बाराका ३८ बर्षका पुरुष संक्रमित भएका छन ।याे सगै नेपालमा तीन सय ४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।