
बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । साेमबार भेरी अस्पताल नेपालगन्ज स्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हाे ।४६ जना पुरुष र एक जना महिला नेपालगन्जमा संक्रमित भएका हुन ।त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डाक्टर देवकोटाका अनुसार अब नेपालमा संक्रमितकाे संख्या तीन सय ५७ पुगेको छ । सबैकाे स्वास्थ अवस्था सामान्य रहेको बताइएकाे छ ।यस्तो निकाे भएर घर जानेकाे संख्या ३६ पुगेको छ भने यस अगाडि २ जनाको काेराेना भाइरस बाट निधन भएको छ ।