
अहिलेसम्म कुनै पनि काेराेना संक्रमित फेला नपरेको कर्णाली प्रदेशमा साेमबार एकजना काेराेना संक्रमित फेला परेका छन ।दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले जानकारी दिए ।
उनी लकडाउनकाे बीचमा १५ दिन अघि भारतकाे आग्रावाट आएका थिए।नेपालगन्ज स्थित भेरि अस्पतालकाे प्रयोग शालामा गरिएकाे परिक्षणमा उनकाे रिपोर्ट नेगेटिभ आएको हाे ।
यस्तै स्वास्थ मन्त्रालयकाे राति १० बजे आसपासकाे अपडेट अनुसार थप नयाँ १८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।धनुषा मा २, खाेटाङमा १ ,बाँकेमा १२ जना पुरुष ,दैलेख निवासी १ जना पुरुष ,सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन ।याे सगै संक्रमित संख्या तिनसय ७५ पुगेको छ ।