
भुमिसुधार तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राष्ट्रिय स्वाधीनता रक्षाकाे लागि कुनै पनि हालतमा कसै सग शिर नझुकाउने बताएकि छिन । आफू मन्त्री भए देखि नै हाल उठेका बिषयमा गम्भीरतापूर्वक सुरु देखि नै काम गर्दै आएको बताएकि छिन । राष्ट्रिय भुमि एक इन्च पनि कसैलाई मिच्ने अधिकार छैन,भुमि रक्षाकाे लागि ज्यान जाला पछि हटिदैन उनलेे भनिन् ।
क्यानडाकाे माउन्ट एभरेस्ट टेलिभिजनकाे विश्व नेपाली बहस कार्यक्रममा बसन्त कार्की सग कुरा गर्दै मन्त्री अर्यालले नयाँ जारी गरिएको नेपालकाे नक्सा आफ्नो राजनीतिक जीवनकै सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको पनि बताइन ।मैले राजनीति गरेको ३७ बर्ष भयो सायद याे भन्दा ठुलो उपलब्धि अब हासिल गरिन्छ गरिन्न तर नेपालकाे नयाँ नक्सा जारि गरेको विषय मेरो लागि ठुलो उपलब्धि हाे ।
मैले मन्त्री पद सम्हालेकै दिन बाट नेपालकाे नक्साकाे बारेमा निरन्तर प्राविधिक टाेलि सग विस्तृत छलफल र अध्ययन चलाएको थिए त्यो आज सफल भयो मन्त्री अर्यालले भनिन् ।साेमबार भुमि सुधार मन्त्रालयकाे प्रस्तावमा मन्त्री परिषद बाट नयाँ नक्सा जारि भएपछि सबै तिर खुसियाली छाएको छ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेकाे थियो । उक्त नक्सामा ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरु सहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ ।
मन्त्री अर्यालले जारि गरिएको नक्सा तत्कालै कार्यन्वयनमा लैजाने बताइन ।भारत सग हामीले कुनै जाेडि खाेजेकाे हाेइन हाम्रो भुमि खाेजेकाे हाे उनलेे भनिन् । विश्व भरका नेपालीहरु भाैतिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा नेपालमै भएको भन्दै मातृभूमि प्रति देखाएको माया प्रति विदेशमा रहेका नेपालीलाई मन्त्री अर्यालले धन्यवाद दिइन ।