
अमेरिकामा कोभिड १९ बिरुद्धको एउटा भ्याक्सिन टेस्टको प्रारम्भिक नजिता निकै उत्साहजनक आएको छ । अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले पहिलो क्लिनिकल टेस्टको नतिजा निकै उत्साहजनक आएको बताएको छ ।
उक्त कम्पनीले पहिलो चरणमा केही स्वयंसेवकहरुमा भ्याक्सिनको परीक्षण गरेको थियो । भ्याक्सिन दिइएका आठजनामा भ्याक्सिनले इम्युन रेस्पोन्स उत्पादन गरेको छ । एमआरएनए १२७३ नामको उक्त भ्याक्सिनले इम्युनको विकाश गरेको पहिलो चरणको डाटामा देखिएको छ ।
मोडेर्नाका प्रमुख मेडिकल अफिसर टाल ज्याक्सले यो परीक्षणबाट कोभिड १९ रोगलाई निरोध गर्नसक्ने सम्भावना उजागर भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समाचारको स्वागत गरेका छन् ।
मोडेर्ना कम्पनी झण्डै ९ बर्षअगाडि स्थापना गरिएको कम्पनी हो । कम्पनीले यो भ्याक्सिन सुरक्षीत र राम्ररी सहनसकिने खालको रहेको बताएको छ । भ्याक्सिन लगाउँदा सामान्य रुपमा चसक्कमात्र हुने र लगाएको ठाउमा अलिअलि रातो हुने जनाइएको छ ।