
कम्पनीमा गाडी दुर्घटना परि लामो समय देखि दक्षिण कोरियामा उपचार गराइरहेका प्युठानका सुरज जिसीले क्षतिपूर्ति पाएका छन । जिसिलाई गाडी मालिकले क्षतिपूर्ति स्वरुप पाँच करोड वन झण्डै पचास लाख नेपाली रुपैयाँ दिएपछि मुद्दा प्रक्रिया टुंगोमा पुगेको हाे ।गाडी साहु एउटा र कम्पनीको साहु एउटा भएपछि जिसिले क्षतिपूर्ति पाउन सकेका थिएनन ।लामाे समयको संघर्ष पछि गाडिवाला साहु सँगकाे सहमतिमा पाँच करोड वन दिएको जिसिलाई सुरु देखि रेखदेख गर्दै आएकि समाजसेवी तथा एनआरएनए दक्षिण काेरिया कि निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन ।कम्पनीको साहु सँग सुरजकाे उपचार खर्च बेहोर्ने हैसियत नभएपछि निकै दुख झेल्नु परेको गुरुङले बताइन ।

बिभिन्न अस्पतालमा उपचार गराउदा सुरजकाे खर्च कम्तीमा नेपाली एक करोड तीस लाख ( काेरियन १३ करोड ) आसपासमा खर्च भएको थियो । लक्ष्मी का अनुसार सुरुमा भर्ना गरिएको अस्पतालमा झण्डै १३ करोड खर्च आएको थियो ।उक्त अस्पतालका डाक्टरहरुकाे संगठनले चन्दा उठाएर साे रकम भुक्तानी गरिदिएका थिए ।अपुग पैसा लक्ष्मीले सापटी स्वरुप भुक्तानी गरिदिएकि थिइन । यस्तै जिसिकाे उपचारको लागि जाेगेशा गुम्बाले पचास लाख वन समेत सहयोग गरेको थियो ।

जिसि कोरिया प्रवेश गरेको २ महिनामै कम्पनी भित्र गाडी दुर्घटनामा परेका थिए ।उनी दुर्घटना परि गम्भीर घाइते भएपछि नेपाली जनसम्पर्क समिति दक्षिण काेरियाकि अध्यक्ष आस्था बिन्दु मल्लले सराेकारवाला पक्षहरु सग समन्वय गराएकि थिइन ।सुरज भाईकाे अवस्था अत्यन्तै गम्भीर रहेछ हामी नेपाली कसैलाई थाहा थिएन नेपाल बाट मलाई फाेन आएपछि समन्वय गरेको हु उनले भनिन् । आस्थाले तत्कालीन एनआरएन अध्यक्ष लक्ष्मी गुरुङ सग समन्वय गराएपछि जिसिकाे सम्पुर्ण प्रक्रियामा अन्तिम अवस्था सम्म गुरुङले जिसिकाे रेखदेख गरेकि थिइन ।जिसि कम्तीमा १८ महिना अस्पतालमा उपचार गरेर डिस्चार्ज भएका हुन ।

सबैको सहयोगले आर्थिक संकलन गरि सुरजलाई अस्पताल बाट डिस्चार्ज गर्न सफल भएको राप्ती समाज दक्षिण काेरियाका बरिस्ठ उपाध्यक्ष तथा हामी नेपाली ग्लोबल दक्षिण काेरियाका महासचिव ओमलाल ओलीले बताए ।जिसि दुई महिना अगाडि अस्पताल बाट डिस्चार्ज भएका थिए ।उक्त भाइको घटना निकै दुखत र चुनाैतिपुर्ण थियो, लक्ष्मी दिदी सँगै फलाेअपमा म पनि थिए बल्ल थाेरै भए पनि राहत भएको छ ओलीले भने ।
मेरुदण्डमै समस्या भए पछि सुरज असाध्यै गम्भीर अवस्थामा अस्पताल भर्ना भएका थिए । अहिले उनी उपचार पछि हिडन सक्ने भएका छन । लकडाउन खुलेपछि आवश्यक प्रकृया पूरा नेपाल पठाउने लक्ष्मीले बताइन । अस्पताल बाट छुट्करा पाएर हाल नागार्जुन गुम्बामा बसेका छन ।राप्ती समाजको संयाेजकत्वमा जम्मा भएको सहयोग रकम ८६ लाख ३४ हजार ९९६ वन मध्ये अन्तिम तिरकाे अस्पतालको खर्च ५४ लाख ३७ हजार ४९६ वन भुक्तानी गरि बाँकी रकम चेकजाँचको लागि अझै आवश्यक पर्ने भएको हुदा उक्त रकम जिसीलाई नै हस्तान्तरण गरिएकाे थियो ।

यसै बिच राप्ती समाज दक्षिण कोरियाले आर्थिक सहयोग संकलन अभियानमा तथा सुरजकाे उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । नेपाली जनसम्पर्क दक्षिण काेरिया, नेपालीका लागि नेपाली दक्षिण काेरिया , हामी नेपाली ग्लोबल दक्षिण कोरिया शाखा, सिन्धुपाल्चोक समाज, सिहुंसी-आन्सान FC, फेन्थेक माइग्रेन्ट सेन्टर, कर्णाली प्रदेश, अर्घाखाँची भुमिका युवा समुह, रूक्मेली युवा समुह, फर्सिस कम्पनीमा कार्यरत सहयोगी,प्रवासी मजदुर युनियन, लगाएत सम्पुर्ण संघसंस्था तथा ब्यक्तिहरुलाई धन्यवाद दिएको हाेे ।
( यहाँ उपलब्ध गराइएका तस्बिरहरु तत्कालीन समयका भएको जानकारी गराउदछाैै ।) सम्पादक