
गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा उनको मृत्यु भएको भन्दै समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
अस्पतालले गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएपछि उपचार भइरहेको विज्ञप्तिमा जनाएको छ । सोही क्रममा कोरोनाको आशंकामा वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना पठाइएकोमा उनमा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो । भुलबस हामीले पनि अन्यथा समाचार प्रकाशित गरेको प्रति क्षमा चाहान्छाै ।