
कोसी अस्पतालमा काेराेना भाइरस उपचार केन्द्रमा उपचार गराइरहेका काेराेना संक्रमितमध्ये थप आठ जना निको भएका छन् । उनीहरु बुधबार डिस्चार्ज भएका छन ।डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ३ जना र ५ जना भारतीय नागरिक छन् ।
भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ती पाँचै भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते उपचार केन्द्रमा भर्ना भएका थिए । अन्य तीन स्थानीयमध्ये दुई जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए ।यससँगै देशभर निको हुनेको संख्या ४५ पुगेको छ ।