
बुधबार २५ जना काेराेना भाइरसका संक्रमित थपिएका छन ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कपिलबस्तुमा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा ६ नवलपरासी पश्चिमका १ जना र धनकुटामा ५ जनामा पनि काेराेना संक्रमित भएका छन । बुधबार १८ जना पुरुष र ७ जना महिलाहरु रहेका छन ।
स्वास्थ मन्त्रालयका प्रवक्ता डाक्टर विकास देबकाेटाका अनुसार काेसी अस्पतालमा उपचार गरिरहेका उदयपुरका ८ जना काेराेना भाइरस संक्रमित सन्चाे भएर बुधबार डिस्चार्ज भएका छन ।
बुधबार भेटिएका संक्रमित सहित नेपालमा काेराेना संक्रमितको संख्या चार सय २७ पुगेको छ ।काेराेना भाइरस सन्चाे भएर घर फर्कनेकाे संख्या ४५ पुगेको छ ।