
बिहीबार बिहान झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।
झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् ।
यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीकाे धरानमा निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै निकाे भएर घर जानेको संख्या ४५ पुगेको छ ।