
बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन । यति धेरै संख्यामा पहिलोपटक नेपालमा काेराेना संक्रमित निकाे भएर घर फर्किएका हुन ।
बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका हुन ।उनिहरुलाई शुक्रबार बिहान डिस्चार्ज गरिएको अस्पताल स्रोतले बताएको छ ।
दोस्रो पटक गरीएको पिसिआर परीक्षणमा उनीहरु्को रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल बसाई पूरा गरेर उनीहरु घर फर्किएका हुन ।उनिहरुलाई शुक्रबार विहान ९ वजे अस्पतालबाट विदाई गरिएको हाे ।याे सँँगै काेराेना जितेर घर जानेकाे संख्या ७० पुगेको छ ।