
स्वास्थ,शिक्षाको विकास गरि आर्थिक समृद्धि बढाउन नेपालमा मेडिकल पर्यटन बाेर्ड गठन गर्नुपर्ने माग उठेको छ । उपचार र शिक्षाकाे नाममा बिदेश जाने पैसालाई राेकेर बिदेश बाट उपचार गर्न र मेडिकल पढन जनशक्ति भित्र्याउने हाे भने नेपाल आर्थिक समृद्ध बन्न सक्छ भन्दै यस्तो माग उठेको हाे ।
नेपालकाे मेडिकल र चिकित्सा क्षेत्रले स्थापना गरेको विश्वास र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न नेपालमा मेडिकल पर्यटन प्रवर्द्धनकाे आवश्यकता बढदै गएको छ।यसै सन्दर्भमा नेपालमा मेडिकल पर्यटन र प्रवर्द्धनकाे बारेमा काम गर्दै आएकाे संस्था नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनले नेपालमा यसै बर्ष मेडिकल पर्यटन बाेर्ड गठन गर्न माग गरेको छ । आगामी बजेटमा बजेट बिनियाेजन गरि नीति तथा कानुन बनाएर कार्यन्वयन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।
शुक्रबार अर्गनाइजेसनले विज्ञप्ति जारि गर्दै अध्ययन र उपचारको नाममा बिदेशिएको पैसालाई रोक्न र नेपालमै आर्थिक समृद्धि बढाउन मेडिकल टुरिजम विकास बाेर्ड आवश्यक रहेको बताएको छ । अर्गनाइजेसनका अध्यक्ष कृष्ण पाण्डे र प्रबन्ध निर्देशक अर्जुन चन्द द्वारा जारि विज्ञप्तिमा भनिएको छ ,नेपाल सरकार समक्ष आवश्यकता अनुसार सरकारी अस्पताल तथा मेडिकल कलेजको स्थापना तथा पव्लिक प्राईभेट पाटनर सिप मोडालिटिलाई प्रोत्साहन गरि शिक्षा तथा स्वास्थ्य टुरिजम क्षेत्रलाई विकास गर्न नेपाल मेडिकल टुरिजम बोर्ड गठन गरि बजेट बिनियोजन,र नीति नियम बनाएर यसै बाट कार्यन्वयन गरियोस् ।

यस्तै प्रकारका सरुवारोगहरु बिच – बिचमा आइरहेको र यसले मानविय मात्र नभएर विश्वव्यापी रुपमा आर्थिक संकट निम्त्याउने हुनाले देशको स्वास्थ्य क्षेत्रमा सरकारले विशेष ध्यान दिन साथै सरकारी अस्पतालको क्षमता बृद्धि, प्रविधि तथा प्राविधिकहरुको आवश्यकतालाई छिटो भन्दाछिटो परिपुर्ति गर्न पनि अर्गनाइजेसनले माग गरेको छ ।यस्तै अर्गनाइजेसनले महामारी सँग जुध्न सरकारी अस्पतालले मात्रै नसक्ने हुदा प्राइभेट अस्पतालहरुलाई पनि हाैसला प्रदान गर्दै सेवा सुविधा निर्धारण गरि सँग- सँगै अगाडि लैजान आग्रह गरेको छ ।
के हाे मेडिकल टुरिजम भनेको ?
सामान्य भाषामा भन्दा बिरामी भएर आफ्नो स्वास्थ्यको उपचारका लागि आफ्नो देशभन्दा बाहिर जानुलाई मेडिकल टुरिजम अर्थात स्वास्थ पर्यटन भनिन्छ । जसमा मेडिकल सर्जरी, डेन्टल सर्जरी, कस्मेटिक सर्जरी लगायत प्रमुख पर्छन । रोग रोकथामको लागि तथा रोग लागिसकेपछि यसको उपचारको लागि गरिने भ्रमण नै स्वास्थ्य पर्यटन हो । राज्यको प्रमुख ओहोदामा बसेका उच्चपदस्थ ब्यक्तीहरु उपचारको लागी देश बाहिर विदेश तिर जानु पनि ति देशहरुको स्वास्थ्य पर्यटन हो । नेपालमा आँखाको उपचारका लागि विदेश बाट मानिसहरु आउने गर्छन । खास गरी भैरहवा, विराटनगर, झापा, इटहरी, काठमाडौंसम्मका आँखा अस्पतालहरू भारतियहरू नागरिकहरुको रोजाइमा पर्ने गरेको तथ्यहरुले बताउछ ।यस्तै अन्य देशहरु बाट पनि आँखाको उपचार गर्न विदेशीहरु नेपाल आउछन। यसले यहाँको मेडिकल पर्यटनमा सहयो गर्छ ।
नेपालमा मेेेडिकल पर्यटनका गतिविधि
नेपालमा स्वास्थ्य पर्यटनको प्रर्बद्धनको लागी हाल सम्म दुई ओटा अन्तर्रा्ष्ट्रिय स्तरका सम्मेलनहरु भएका पाइन्छन् । तर त्यो राज्यको स्तर बाट होइन गैरसरकारी संस्थाको स्तर बाट भएका हुन् । ति दुइ सम्मेलनहरु सम्पन्न भए पश्चात् नेपालमा स्वास्थ्य पर्यटनको बहस भब्य रुपमा उठाएको मान्न सकिन्छ ।
एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्सले २०१८ मा मेडिकल टुरिजम एसिया एक्स्पो तथा कन्फरेन्स सम्पन्न गरेको थियो भने , दोस्रो मेडिकल टुरिजम एसिया समिट काठमाडौंको होटल याक एण्ड यतिमा २०१९ को अन्तिम तिर सम्पन्न भएको थियो । दुबै कार्यक्रम एक्स्प्लोर हेल्थकेयर नेपाल तथा एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्सले गरेका थिए। बिदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा बातावरण अनुकुल भएकोले बिदेशी पर्यटकहरुलाई आकर्षण गर्न सजिलो होस भन्ने उदेश्यले सम्मेलन गरिएको थियो ।
एक्स्पोलले नेपाली अस्पतालहरुलाई विकास गर्ने, विदेशी अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय तथा सहकार्य गरि बिदेशी बिरामीहरुलाई नेपालमा उपचारको लागि प्रोत्साहन गरि नेपालमा बिदेशी पर्यटकहरुलाई भित्राउने लक्ष्य लिइएको हुन्छ । बिदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा बातावरण अनुकुल भएकोले बिदेशी पर्यटकहरुलाई आकर्षण गर्न सजिलो होस भनेर यस्तो कार्यक्रम एक्स्पोले गर्दै आएको छ । यस्ता एक्स्पोमा स्वदेशी तथा विदेशी अस्पतालका प्रतिनिधि बिच बिटुबि मिटिङ साथमा बिदेशी डेलिगेटलाई नेपालका अस्पतालको भ्रमण र कार्य दक्षताको प्रदर्शन गरिदै आएको छ ।
