
कर्णाली प्रदेशमा काेराेना संक्रमितकाे संख्या चार पुगेको छ ।शनिबार ३ जनाको रिपोर्ट पाेजेटिभ आएपछि संख्या चार पुगेको हाे ।बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । यस अघि दैलेखका १ जनामा कोरोना पुष्टी भएको थियो ।
‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्ये ३ जनाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ प्रदे। अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।