
म जस्तो अवस्थामा जहाँ भएपनि सुरक्षित महशुस गरिरहेको हुन्छु ।किन कि मलाई नेपाल प्रहरी प्रति धेरै विश्वास भएकोले मैले यति सुरक्षित महशुस गर्छु। प्रहरीले सम्पादन गर्ने काम,प्रहरीको कार्य प्रभावकारीता अथवा ढिलासुस्ती एक ठाउँमा हाेलान तर म चाहिँ नेपाल प्रहरी भन्ने जुन शब्द छ त्यसलाई सम्झेर आफुलाई सुरक्षित अनुभुती गर्छु ।
मलाई लाग्छ एक प्रकारले प्रहरी हाम्रो श्वासप्रश्वास प्रणाली जस्तै हाे ।हाम्रो जीवन, हाम्रो सम्पति अथवा हाम्रो हरेक गतिविधि नेपाल प्रहरी सँग जाेडिएकाे छ ।हामीलाई संकट पर्ने बित्तिकै हामीले सम्झने भगवान पछि सायद प्रहरी नै हाेला ।जुनसुकै घटना हुन,जुनसुकै आपत विपद हुन त्यहाँ पुग्ने र हामीले सम्झने भनेको प्रहरी नै हाे ।मैले जब प्रहरीको महत्त्व बुझे त्यो दिन बाट मलाई प्रहरी अझ प्याराे लाग्छ ।
म बुझ्ने भए देखि नेपाल प्रहरीका हरेक गतिविधि र क्रियाकलापहरु चासो पुर्वक नियाल्ने गर्छु ।जुन चिजलाई प्रेम गरिन्छ त्यो चिज बाट पनि प्रेम प्राप्त हुदाे रहेछ ।त्यसैले त मलाई प्याराे लाग्ने त्यो क्षेत्रका आदरणीय व्यक्तित्वहरुकाे प्रेरणा र माया पनि उत्तिकै छ, यसले मलाई अझ बढि उत्साहित बनाउछ ।
म एक नेपाली नागरिक भएकोले समाजमा हुने अपराधिक गतिविधि न्युनिकरण गर्न मेरो पनि उत्तिकै भुमिका रहन्छ भन्ने लाग्छ ।म पनि बद्रिविनाकाे प्रहरीजस्तै लाग्छ ,समाजलाई अपराधिक गतिविधि बाट मुक्ति दिलाउन नागरिक प्रहरी विच प्रेमपुर्ण सम्बन्ध आवश्यक छ ।नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै हाे ।
संकटमा नागरिकलाई प्रहरीले गरेको सहयोग केवल जिम्मेवारी मात्रै हाेइन एक सेवा पनि हाे ।प्रहरीको तारिफ गरेर मलाई केही स्वार्थ प्राप्त गर्नु छैन ,तर पनि मलाई प्रहरी प्याराे लाग्छ ।प्रहरीकाे आवश्यकता र महत्त्व आज नेपाली समाजले राम्रोसँग बुझदै छ,त्यसैले त ठाउँ ठाउँमा प्रहरी बिट,अस्थायी पाेस्टहरुकाे माग बढिरहेको छ ।
प्रहरी भन्ने व्यक्ति भन्दा पनि प्रहरी भन्ने संस्था प्रतिकाे नागरिक विश्वास कहिले मर्नु हुदैन ।नागरिक प्रहरी सहकार्य आजको आवश्यकता हाे ।
मनाेज डाँगी हाम्रा खबर डटकम डेस्कमा कार्यरत छन ।