
काेराेना भाइरस महामारीका कारणले अलपत्र परेका नेपालीहरुकाे उद्दार तथा राहतलाई एनआरएनए साउदी अरबले तिव्रता पारेको छ ।पिडितहरुकाे उद्दार तथा राहतलाई अझै ब्यवस्थापन गर्दै लैजानुपर्ने अवस्था भएकोले सबैलाई समन्वयकाे लागि समेत एनआरएनएले आग्रह गरेको छ ।
दिन प्रतिदिन पिडितहरुका समस्या र गुनासाहरु बढिरहेको भन्दै यतिबेला नेपालीले नेपालीलाई सक्दाे सहयोग गर्नुपर्ने बताएको छ ।साप्ताहिक गतिविधि सार्वजनिक गर्ने सन्दर्भमा एनआरएनएले चाैथाे हप्ताको गतिविधि पनि सार्वजनिक गरेकाे छ । हाल सम्म साउदीमा एक हजार तीन सय ६४ जना नेपालीमा काेराेना भाइरस संक्रमण भएको र सात जना नेपालीको दुखत निधन भएको बताएको छ । संक्रमितकाे संख्या गत साता भन्दा दाेब्बर बढेको प्रवक्ता बिष्णु न्याैपानेले जानकारी दिए । हाल सम्म गैर आवासिय नेपाली संघ साउदीले सम्पर्कमा आएका २ सय ६५ जना पीडितहरुलाई साउदी स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्वय र पहलमा तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको समेत प्रवक्ता न्याैपानेले बताए ।
यो कार्यलाई अझ शसक्त रूपमा निरन्तरता दिन पीडितहरु समक्ष तत्काल पहुंच होस भन्ने उदेश्यले संघको कोरोना उद्दार कार्यदल कमिटीकाे हरेक साता भिडियो मिटिङ गर्दै राहत तथा उद्दारमा तयारी अवस्थामा रहेको पनि संघले जनाएको छ !

२२ मई २०२० का दिन बसेको बैठकमा NRNA र NCC सम्पूर्ण पदाधिकारी,सल्लाहकार परिषद,आइसिसी सदस्य नारायण पासवान,आइसिसी मानार्थ सदस्य रमेश भण्डारी,मध्यपूर्ब सह संयोजक राजेन्द्र अर्याल,महिला सदस्य श्रीमती रबिना अर्याल लगायत पुर्बी क्षेत्रका दमाम,खोबर,अब्किक,रहिमा,अलहासा क्षेत्रका स्थानिय समितिहरुको उपस्थिती र सकृयता जारि रहेको बताइएको छ ।साथै आफ्नो पराेपकारी कार्यमा साथ सहयोग गर्ने विभिन्न संघसंस्था तथा ब्यक्तिहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगकाे अपेक्षा गरिएको जनाएको छ।
साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जीवन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वय गर्दै अगाडि बढिरहेको पनि संघले बताएको छ ।