नेपालमा साेमबार थप ७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो वृद्धीसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६ सय ७५ जना पुगेको छ।सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले दिएको अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू धनुषा ३,कपिलवस्तु ३,काठमाडौ ३ ,बारा २,राैतहटमा २६ ,सप्तरी २ ,बर्दिया १,बाँके ४,बारा गडिमाइ २१ जना,दैलेख ७ गरि ७२ जनामा संक्रमण पुष्टि भएको हाे ।
उनीहरूबाट सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो।