
रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं. ८ सोती भन्ने ठाउँमा अन्तरजातिय प्रेम सम्बन्धका कारण जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विक समेतलाई विभत्स तरिकाले हत्या गरेको र केही ब्यक्तिहरुलाई बेपत्ता पार्ने गरि भएको घटना प्रति नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन जिल्ला इकाइ रुकुमको गम्भिर ध्यानाकर्षण भएको भन्दै कारबाहीको लागि माग गरेको छ ।
आज नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन जिल्ला इकाइ रुकुमका अध्यक्ष आरसी गौतम द्वारा एक विज्ञप्ती जारि गरि गर्दै सबै कोभिड १९ कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रित भैरहेको अवस्थामा, नेपाल सरकारले बन्दाबन्दिको घोषणा गरि सबै नागरिक घरमा रहेको बेला र २१ औ शताब्दिमा जातकै कारण कुनै समुदाय विशेषको मानिस मारिनु मानव जातिकै लागि लज्जाको विषय भएकाे बताएका छन ।उक्त घटनालाई राजनीतिकरण गर्ने ,दाेषीलाई राजनीतिक पहुँचकाे आधारमा संरक्षण गर्ने कुनै पनि काम स्विकार्य हुदैनन् विज्ञप्तिमा भनिएको छ ।
घटनाको गहिरो अनुसन्धान गरि दाेषिलाइ कानुनको दायरामा ल्याइ पिडितलाई न्याय दिलाउन समेत विज्ञप्तिमा माग गरिएको छ । शनिबार साँझ साेतिमा भएको घटनामा नवराज सहित अन्य दुई जनाको शव फेला परेको छ भने अन्य ३ जना अझै बेपत्ता छन । पिडित पक्षले गाउँलेहरुले मारेर भेरिमा बगाएको आराेप लगाएका छन भने प्रहरीले घटनाको अनुसन्धान भैरहेको बताएको छ ।उक्त घटनाको छानबिन तथा कार्वाहीकाे लागि देशभर बाट आवाज उठिरहेका छन ।यही विषयलाई लिएर साेमबार जाजरकोटमा दलित अधिकारकर्मिहरुले प्रदर्शन समेत गरेका छन ।