
कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।याे सँगै कर्णालीमा कोरोना संक्रमित हुनेकाे संख्या २३ पुगेको छ ।मंगलबार बिहान दिएको जानकारी अनुसार आइतबार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूलाई गरिएको परिक्षणमा १२ जनाकाे रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।
मंगलबार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए । यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ भने दैलेखमा ८ गरी कर्णालीमा २३ पुगेको हो ।