
गएको शनिबार रुकुममा एउटा बिषय सँग सम्बन्धित घटनामा तीन जनाकाे निधन र तीन जना बेपत्ता भएको समाचारले सबैलाई दुखित बनाएको छ ।घटना सँग अन्तरजातीय र केटीकाे उमेर नपुगेको बिषय बढि जाेडिएर चर्चामा आएका छन ।घटनाको बिषयले संसदमा समेत प्रवेश गरेपछि सरकारले छानबिन समिति गठन गरेको छ ।उक्त घटनाको बिषयमा सबैले दाेषीलाई कार्वाही र पिडितलाई न्यायकाे कुरा उठाइ रहेका छन ।हुनुपर्ने पनि त्यहि हाे हाम्रो देश कानुनी शासन र न्यायकाे प्रणाली ब्यवस्था बाट संचालित देश भएकोले कानुन कसैले हातमा लिन मिलेन ।
घटनाको कारण खास के हाे स्पष्ट हुन सकेको छैन ।सबैले आफ्ना आफ्ना तरिकाबाट घटनाको ब्याख्या गरेको प्रष्ट देखिन्छ ।रुकुमका नेकपा नेता तथा पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले घटनाको बारेमा गरेको ब्याख्यालाई संसदमै बिराेध भयो ।यस्तै मिडियाले पनि फरक फरक काेण बाट उक्त घटनाको रिपोर्टिङ गरिरहेकाे बुझन सकिन्छ ।कतिपयले लकडाउनकाे समयमा १९ जनाको हुल गाउँमा आएपछि गाउँले प्रतिकार गरेको समाचार दिएका छन ।कतिले मारेर नजिकै रहेको ठुली भेरी नदिमा बगाएको लेखेको छन ।कतिले जनार्दन शर्माले भने झै भाग्ने क्रममा भेरीमा आफै हाम फालेको लेखेका छन ।यी लेखाइले कुनै न कुनै पक्षलाई पक्कै अन्याय गरेका अवश्य छ।निधन हुने र बेपत्ता हुने हरु भेरिमा आफै हाम फाले कि फालियाे जस्ता प्रश्नहरु घटनाको अनुसन्धान टुंगो नलागे सम्म उठि रहने छ ।
घटनाको कारण खुल्दै गर्ला । हाम्रो नेपाली समाजको धरातल नै त्यस्तै छ । उमेर नपुगेकी छोरी जोगाउन या छोरीमा रहने र मान्दै आइएको घरको इज्जत जोगाउन प्रतिरक्षामा उत्रनुपर्ने अबस्था कसरी श्रृजना भयो त्यो महत्वपुर्ण कुरा हो।जसले जतिसुकै आधुनिकताको कुरा गरेपनि हाम्रा गाउँघरमा अझैपनि उमेर नपुगी विहे हुने प्रचलन विद्यमान नै छ । बाबुआमा मन्जुर भए नावालीग को पनि बिहे हुने र बाबुआमा लाई मन नपरे उमेर पुगेका पनि नावालीग बनाउने चलन पनि देखिएकै हो।केटा र केटीको मन मिलेर बिहे गर्न खोजेको हो भने त्यो संविधान प्रदत्त हक हुन आउछ । उमेर नपुगेको युवती लाई जवरजस्ती लैजान खोजेको हो भने त्यो पुलिस केस हुन जान्छ। जे भएपनि भिडन्त हुनु र जनधनको क्षती हुनु भनेको दुखद कुरा हो।
रुकुम आफैमा राजनैतिक युद्द झेलीसकेको र धेरै मृत्यु बेहोरी सकेको जिल्ला हो। देशमा शान्ति आएपनि संबिधानमा समानताका कुरा लेखिएपनि रुकुमका विकट गाउहरुमा समानता आएकै रहेनछ । मेरो अपेक्षा रुकुम राेल्पा जस्ता जिल्लामा जातीय छुवाछूत तथा अन्तरजातीय घटना अन्त भएका हाेलान भन्ने थियो ।तर याे घटनाले रुकुम राेल्पामा ब्यवहार भन्दा बढि सिद्धान्तका कुरा सिकाइयाे जस्तो लाग्छ ।अझ घटना घटेकाे जिल्ला रुकुम नेकपाका प्रभावशाली नेता जनार्दन शर्माकाे जिल्ला अनि घटनामा ज्यान गुमाएका जाजरकोटका युवाहरु अर्का प्रभावशाली नेकपा नेता शक्ति बस्नेतका गाउँका हुन ।बस्नेत र शर्मा पुर्व गृहमन्त्री समेत भएका र सँगै युद्ध लडेका नेता ।याे घटनाको बारेमा सबैभन्दा बढि चासो र चिन्ता यी दुबैमा हुनुपर्छ ।याे घटनाले दुबै नेतालाई नराम्रो सँग गिज्याइरहेकाे पनि छ ।
त्यसमाथी यत्रो हत्या काण्ड मच्चाउन जन प्रतिनिधी ले नै अगुवाई गरेको खवर सुन्दा झन दुख लाग्यो। हाम्रो मान्यता अनुसार बिबाह दुई घर जोड्ने संस्कार हो तर अब समय बदलिएको छ। विवाह नितान्त दुइ जिन्दगीको निजी फैसला हो र यसमा अरुले हस्तक्षेप गर्न हुदैन भनेर बुझ्नपर्ने समय भइसकेको छ।बाल बच्चाहरु इन्टरनेटको पहुँचमा छन आधुनिकताकाे निकटतामा छन । सके उमेर नपुगी विहे गर्न हुदैन भन्ने शिक्षा दिउँ सबैले नत्र भवितब्य टार्नको लागि अर्को भवितब्य नघटाऔँ । आज आमाहरुले आफ्ना छोरा गुमाएका छन यो दुखदायी अबस्था हो । यस्तो कसैलाई नहोस ।
छोरा छोरीलाई उचित शिक्षा दिऔँ ता की के ठिक र के बेठिक भनेर छुट्याउन सकुन र बाबुआमा र दाजुभाई ले पनि संयमता अपनाऔँ,ता की यस्ता घटना हरुमा अहिलेको जस्तो क्षति नहोस।सबैको भलो होस, प्रेम र जातियता जोडेर यौटा कर्तब्य ज्यान मुद्दा लाई अतिरन्जीत गर्दा यसले देशभर मा जातिय सद्भाव विथोल्न सक्छ हेक्का राखौँ ।
मृतक प्रती हार्दिक श्रद्धाञ्जली ,
दोषी लाई कार्बाही होस