
मंगलबार साँझ एउटा जुम मिटिङमा सहभागी थिए ।रुकुमको घटनाले मन शान्त थिएन।आफ्नै जिल्ला र जगन्य अपराधकाे घटना भएकाले पनि मन बेचैनी बनिरहेको थियो ।जुम मिटिङ पनि बिचमै छाडेर टाेलाउदै बसिरहेकाे थिए । त्यहीँ बेला सँगै पढेकि एक जना घनिष्ठ मित्रले च्याटमा सर रुकुमको घटनाको सत्यतथ्य बाहिर ल्याउनु है भनेर म्यासेज गरिन ।उनको म्यासेज सिन मात्रै गरे ,के जवाफ दिओैँ ? अलमल परे । मेरो केही बर्ष विराम लागेको पत्रकारिता भर्खरै पुनःजिवित हुदै छ । न्यायकाे पक्षमा उनलेे म बाट गरेको आशाले म नराम्रो सँग झस्किए ।मेरी साथी जसले न्याय क्षेत्रमा पनि राम्रो शैक्षिक याेग्यता हासिल गरेकि छिन, सरकारी जागिरे पनि हुन ।पढाइ सँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै प्रखर चासो राख्ने एक निडर ब्यक्ति । साथी भए पनि म उनका अनुरोध,सल्लाह, सुझावहरु निकै जिम्मेवार ढंगले ग्रहण गर्दै आएको छु ।
उनको च्याट रिप्लाई भन्दा फाेन बाट कुरा गर्ने साेच बनाए ।उनी सँग फाेनमा साेहि घटनाको विषयमा १५ मिनेट जति छलफल गरियो ।हामी दुबै एउटै जिल्लाबासी भएकोले घटनाकाे कारणले जिल्लाकाे बदनाम भएको देखि पिडितले न्याय पाउने कुरामा गहिरो चिन्ता र छलफल गरियाे । ती मेरी साथी कुरा गर्दै जादा फाेनमा भक्कानियर डाकाे छाडिन ।अब भने माहाेल फेरियो,कसरी सम्झाउनु उनको रुवाई कुनै निजि बिषय सँग सम्बन्धित थिएन ।सामाजिक न्याय र समानताको लागि उनको त्यो रुवाइलाई मैले कसरी सम्झाउनु । मैले पहिलोपटक भाेग्दै छु ,सामाजिक र आमसराेकारकाे बिषयमा न्यायकाे लागि यसरी डाकाे छाडेर राेएकाे मान्छे ।उनको रुवाइले नजिकै बसेकी मेरी श्रीमती समेत घुकघुक गर्न थालिन । उता बाट उनी रुदै भन्दै थिइन सर कस्तो समाजमा जन्म लिइएछ?मान्छेले मान्छे जातीय विभेद गर्छ अनि यसरी मार्छ ? आफैंले आफैंलाई घृणा लागेको छ,अझ घटनालाई ताेडमाेड गर्ने प्रयासहरु पनि भएको सुन्छु यस्तै भन्दै निकै बेर राेइरहिन । म पनि निशब्द भए , सके सम्म सम्झाए ।उनको निजि बिषय भए सम्झाउन पनि सजिलो हुदाे हाे,तर याे उनको रुवाइलाई सम्झाउने शब्द नपाएर उनको याे न्यायिक मनलाई पटकपटक सलाम गरिरहे र भने न्याय मरेको छैन ।मेरो मित्रकाे त्यो रुवाईले त्यो चिन्ताले हाम्रो समाजको गलत र घृणित कार्यलाई धिक्कारि रहेकाे थियो ।रुकुममा घटेको याे दुखान्त घटनाले सबै तिरका मनहरु यसरी नै दुखाएकाे छ । एकपटक नेपाली समाजलाई झस्काएकाे छ ।
शनिबार यता देश काेराेनाकाे त्रासले भन्दा पनि मेरो जिल्लामा घटेको दुखान्त घटनाको कारणले आक्राेसित छ ।मंगलबार सांसदहरूले संसदमा तीन जना दलित युवाहरूको हत्या र तीन जना युवाहरु बेपत्ता भएको उक्त घटनालाई जाेडदार सँग उठाएपछि झन याे बिषय चर्चामा छ ।दिनभर यहि घटनाको सेरोफेरोमा बसेर रुकुममा रहेका मेरा मित्रहरू राजु ,लक्ष्मण सँग पटकपटक फाेनमा अपेडट लिइरहेकाे छु । घटनाले मन बिछिप्त छ ।जुन काेण बाट हेरेपनि घटना जगन्य लाग्छ । धेरै जिल्लाका साथीहरूले उक्त घटनाको बारेमा बुझ्ने चासो राखिरहनु भएको छ ।
लकडाउनकाे कारण दिनभर काेठा भित्रकाे दैनिकि याे घटना पछि फेरिएको छ ।फेसबुकमा रुकुमका मान्छे यस्ता उस्ता स्टाटसहरुले मुटु चसक्क घाेचिरहेकाे छ ।याे घटनाको उत्खनन गरेर सकेसम्मकाे सत्यतथ्य बाहिर ल्याउने हिम्मत गरे पनि मेरो लागि याे महामारीको कारणले त्यो सम्भावना कम छ । चाहेर पनि म याे घटनाको स्थलगत रिपोर्टिङ गर्न भ्याउने छैन ।साथी राजुले तयार पारेकाे घटना सँग सम्बन्धित स्थलगत सामाग्रीहरु पढेर धेरै घटना सँग सम्बन्धित कुराहरु काेठा बाट पनि केलाई रहेको छु ।
तीन वर्ष पहिले सुरु भएको थियो रे जाजरकोटका शनिबार ज्यान गुमाएका याे घटनाका मुख्य पात्र २१ वर्षीय नवराज विकको प्रेमयात्रा । नवराज दलित समुदायको र उनकाे प्रेमिका ठकुरी जातिको भएकोले प्रेमिकाको परिवारले प्रेम सम्बन्धलाई अस्वीकार गर्दै आएको थियो रे । तर यस्तो अकल्पनीय र अमानवीय घटना होला भनेर कसैले कल्पना गरेको थिएन ।
नवराजकी आमाले जात नमिल्ने भएकोले अगाडि नबढ्न छोरालाई भनेकि थिइन रे ,केटी ‘माथिल्लो जात’की हुन् भन्ने थाहा पाएपछि उनको बुवाले ‘ए बाबु, विष्टसँग बिहे गर्ने कोसिस नगर’ । केटीतर्फकाले सम्बन्धबारे थाहा पाएर अलग गराउने चेतावनी दिइरहेका थिए रे । कथित तल्लो जातको केटासँगको प्रेम सम्बन्धको कारण अभिभावकको गाली र कुटाइमा परेकी थिइन् नवराजकी १७ वर्षीया प्रेमिका पनि । तर साँचो प्रेमको अगाडि जातभात र समाजको छेकबार तगारो बनेको थियो । तर पनि
विभिन्न अवरोधका बाबजुद उनीहरुको प्रेम सम्बन्ध झन् कसिलो बन्दै गएको थियो । नवराज केटीको चौरजहारी नगरपालिका वडा नम्बर ८ को सोतीमा रहेको घरमा वेलावेला आउथे केटि पनि नवराजकाे घरतिर बेलाबखत जान्थिन ।
तर अन्तिममा आएर नवराजकाे त्याे प्रेमयात्रा ठुलो भेरीमा पुगेर समाप्त भयो जीवन यात्रा ।नवराज सँगै अन्य २ जनाको पनि शव भेटिएको छ । प्रहरीका अनुसार सोती गएका भनिएकामध्ये ३ जना अझै बेपत्ता छन् । भेरी नगरपालिका वडा नम्बर ११ का १८ वर्षीय लोकेन्द्र सुनार र सञ्जु विक तथा १७ वर्षीय गोविन्द शाही अझै बेपत्ता छन् । नवराजकाे त्याे प्रेमयात्रा ठुलो भेरीमा पुगेर समाप्त भयो जीवन यात्रा ।