
शनिबार बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा युवतीलाई लिन गएको भन्ने बिषयमा भएकाे घटनामा परी बेपत्ता रहेका तीन जनाको खोजी गर्न गोताखोरकाे टाेली पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले केन्द्रमा गोताखोर मागकाे लागि पत्राचार गरेको थियो ।साेहि अनुसार सशस्त्र प्रहरी बल शमशेरगञ्जलबाट तालिम प्राप्त गाेताखाेर टाेली रमेश थापाको नेतृत्वमा जाजरकोट र रुकुमको विचमा पर्ने भरि नदिमा पुगेको छ ।टाेलीले बुधबार बिहान बाट बेपत्ताकाे खाेजि कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख ठग बहादुर केसीले बताए ।
प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ का १८ बर्षीय लोकेन्द्र सुनार, १७ वर्षीय गोविन्द शाही र नगरपालिका ४ का १८ बर्षिय सञ्जु बिक अहिले सम्म बेपत्ता रहेका छन् । जाजरकोटको भेरी नगरपालिका वडा नं ४ का नवराज बिकको प्रेमिका भगाउन गएको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नंं ८ सोतीमा स्थानीयसँग कुटपिट भएको थयो । ३ जनाको शव भेरि नदिमै भेटिएको थियो ।
रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी केसीले बेपत्ता युवाहरुको उद्धार र खोजी कार्यका लागि कर्णाली प्रदेशवाट ३० जना थप जनशक्ति आएको पनि जानकारी दिए । घटना अनुसन्धानको लागि लागि संघीय प्रहरी इकाईबाट एकजना प्रहरी निरीक्षकको कमाण्डमा दुईजना सहयोगी आएको समेत केसीले बताए ।
उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल सहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मंगलबार पिडितपक्षले जिल्ला प्रहरी जाजरकोटमा २० जनाको नाममा किटानी जाहेरी समेत दिएका छन ।