
चौरजहारी नगरपालिका ८ सोतीमा गएको शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये थप एक जनाको शव भेरीको किनारमा फेला परेको छ।भेरी नगरपालिका ११ का १८ बर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको हो । उनको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको आफन्तजनले बताएका छन् । यससँगै उक्त घटनामा ४ जनाको शव भेरी नदीमै फेला परेको छ ।
।भेरी नगरपालिका ४ का नवराज बिकको शव शनिबार राति नै भेरी नदी किनारमा भेटिएको थियो । आइतबार उनी सँगै गएका चौरजहारी नगरपालिका वडा नं. १ का २० वर्षीय टिकाराम विकको शव घटनास्थलबाट झन्डै २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका वडा नं. १२ मा खोदा खोला नजिक भेटिएको थियो । अझै २ जना बेपत्ता नै छन ।