
बिहीबार दैलेखमा थप ८ जना काेराेना संक्रमित थपिएका छन । पछिल्लो अपडेट अनुसार संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।
यो सँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।