नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई फिर्ता बोलाउने गरी तयारी थालेको हो । सेनाले जुनसुकै बेला पनि बोलाइन सक्ने भन्दै तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।
सेनाले हाल नेपालमा बढीरहेको कोरोनाको संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामको लागि विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गर्दै आएको छ ।