
कागमा पुर्खा देख्ने, गाईमा माता देख्ने, ढुंगामा देवता देख्ने, मानवमा मानव नदेख्ने ठाउ हो रे रुकुम ? अनि त्यो समाजको मान्छेहरुको सोचाइ जातीय विभेद कुन युगको शैली हाे ? रुकुमको चाैरजहारी घटना पछि याे म्यासेज कुनै साथीले मलाई पठाएको म्यासेज हाे ।जति मेरो जिल्लाकाे अवस्था मलाई थाहा छ त्यति तपाइलाई थाहा छैन ,जति तपाईंको जिल्लाकाे अवस्था तपाईंलाई थाहा छ त्यति मलाई थाहा हुदैन ।
पक्कै पनि पाँच जनाको ज्यान जाने र एकजना बेपत्ता हुने गरि घटेको दुखत घटनालाई अन्य घटना जस्तै एउटै दृष्टिकोण बाट हेर्नु अन्याय हुन्छ ।घटनाको छानबिन हुदै छ ,घटनामा संलग्न आराेपित मान्छेहरु पनि हिरासतमा छन ।सबैकाे अपेक्षा घटनाको ताेडमाेड नहाेस दाेषि सबैलाई कार्वाही हाेस भन्ने हाे। सरकारी स्तर बाट घटनाको छानबिन हुदै छ । घटनाको गहिरो अध्ययन अनुसन्धान र छानबिन पछि मात्रै थाहा हाेला घटनाको कारण के हाे ? अहिले नै घटनाकाे कारण यहि हाे भन्ने ठाेकुवा म गर्न सक्दिन ।
तर अहिलेसम्म बाहिरएका केही कुराहरु केलाउदा केही अनुमान चाहि पक्कै गर्न मिल्छ । उक्त दिनको घटनाको प्रमुख कारण नवराज केटी भगाउन जन्ती लिएर गएको र अन्तरजातीय कारणले छाेरि दिदैन भन्दै लखेटिएकाे भन्ने आधार तथ्यहरुलाई केलाउदा भेटिदैन । नवराजकाे मल्ल थरकि केटी सँग प्रेम चक्कर भएकाे कारण केटीका आमा बुवा असन्तुष्ट हुदै आएको कुरा घटनाको दास्राे कारण भने अवश्य बन्न सक्छ । किन भने उक्त दिन नवराजका बुवाकाे भनाइ अनुसार नवराज साथीहरु लिएर काफल खान केटीको गाउँ पुगेका थिए रे । न कि उनी साेहि दिन केटी लिएर घरमै भित्राउने कुनै त्यस्तो पारिवारिक तयारीका साथ त्यहाँ गएका थिएनन उनकै बुवाकाे कुरालाई आधार मान्दा थाहा हुन्छ ।
यस्तो लकडाउनकाे अवस्थामा के काे बुहारी ल्याउन जानू ? त्याे दिन बुहारी लिन गएकै हाेइन मेरो छाेरा भनेर नवराजका बुवाले भनेको कुरालाई टेकेर मैले यति भन्न भ्याएकाे छु । घटनाको प्रमुख कारण केही दिन अगाडि नवराज र केटीकाे गाउँकाे केही युवाहरू मदन भन्ने आदि सँग झगडा भएको बिषय बन्न सक्छ । त्यही झगडाकाे बिषयमा प्रहरीले नियन्त्रणमा लिएर छाडेको तथ्य पनि भुल्नु हुदैन । त्यो घटनाले पनि ती गाउँलेहरुलाई यति कुर बन्न उद्दत गरेको हुनुपर्छ । घटना गाउँलेहरुकाे कुटाइ बाट, लखेटाई बाट सबै तरिकाबाट भएको पक्कै हाे । यसरी प्रतिकारमा उत्रिने गाउँलेहरुले आफ्नो भागमा परेको सजाय अवश्य पाउने छन । घटनामा संलग्न जाे छ्न् ती जेल जालान,तिनको सट्टा सिङ्गो रुकुमका मान्छे जेल जाने छैनन् ? रुकुमका सबै मानिसहरु अपराधी हुने छैनन् ? रुकुमका सबै ठाउँमा सामाजिक विभेद छैनन् ।रुकुमका सबै मानिस दानव छैनन् ।
त्यो घटनाले पिडित परिवारलाई दिनु पीडा दिएको छ,सचेत नागरिकलाई चिन्तित बनाएको छ ।तर धेरैलाई याे घटना केही मज्जा गर्ने अवसर जस्तो पनि लागेको जस्तो छ । घटनामा मारिएका युवा र नाम जोडिएकी बालिकाको नाममा नक्कली फेसबुक आइडी बनाउने, नक्कली च्याटरुम तयार गरी एकआपसमा कुराकानी गरेको देखाउने, टिकटक बनाउने र समाजलाई भड्काउने जस्ता कामहरु पनि गरेको पाइन्छ ।यस्ता अनुचित कामहरुले समाजमा दुरी बढाउने बाहेक अरु केही गर्दैन ।
यो घटनाको अनुसन्धान, दोषीमाथि कारवाही र पीडितलाई न्याय आजको आबश्यकता हो । घटनालाई मजाकको बिषय बनाउने र यसलाइ मनोरञ्जनको आधार बनाउने माथी सधैं आपत्ति छ ।समाजमा हत्या हिंसाका घटना कम गर्नु हाम्रो दायित्व हाे ।बाेक्सीकाे आराेपमा तराई तिर मलमुत्र खुवाउनेहरु ,दाइजो ल्याइनस भनेर जिउँदै जलाउनेहरु ,याे जात र उ जात भन्दै कुरा गर्नेहरु याे युगका कलंक हुन ।तर रुकुमको याे घटनालाई एकपक्षीय ढंगले कुप्रचार गरि सामाजिक सद्भाव भड्काउन खाेज्नेहरु, रुकुमलाई अर्कै देख्नेहरु एकपटक रुकुम पुग्न जरुर छ । घटनाको बारेमा चार काेण बाट बुझन र जान्न सबैलाई अधिकार छ ।तर सुनेको भरमा ,कसैलाई हाेच्याउने,कसैलाई अपमान गर्ने ,कसैलाई आराेप लगाउने र सामाजिक सद्भाव भड्काउने अधिकार कसैलाई छैन ।
रुकुम जातीय विभेद मा तपाईंको नजरमा जस्तो कठाेर छैन ।राष्ट्रिय दलित आयोगका पुर्व अध्यक्ष मान बहादुर नेपाली अन्तरजातीय विहे गरेर खुसिका साथ जीवन चलाइरहेका एक उदारणीय रुकुमकै पात्र हुन । रुकुम घर भएका सभाषद महेश्वर गहतराज र उषा पुन अन्तरजातीय सम्बन्धका अर्का उदाहरण जाेडि हुन ।मुसिकाेट नगरपालिकाका उपमेयर प्रेम कुमारी सुनार र साेहि नगरपालिका १० का उनका श्रीमान गाेपेश्वर केसी नमुना अन्तरजातीय जाेडि हुन ।नेकपा रुकुमका नेता धनविर ओली र उनका तीन भाइका घरमा भित्रिएकि बुहारीहरु पनि अन्तरजातीय उदारणिय पात्र हुन ।नेकपाका युवा नेता शसिराम परियारकाे ससुराली ठकुरी हुन ।यस्ता दर्जनौं उदाहरण रुकुममा छन ।सायद रुकुम जातीय छुवाछूत मुक्त जिल्ला तपाईंको जिल्ला भन्दा अगाडि भएको हाेला ।अझ अर्को कुरा घटना घटेको गाउँ छ त्यो गाउँ अनि घटनामा संलग्न भनिएका हरुकाे अन्तरजातीय सम्बन्ध तपाईंको गाउँ तिर भन्दा अझ खुल्ला छ ।
नाम जाेडिएकि केटीकाे अंकल, तथा ठुला बाका छाेरीहरु र छाेराहरुले दलितको केटा सँग विहे गरेका छन भने दलित कि केटी मल्ल घरमा भित्राएका छन ।त्यहि गाउँमा हाल लकडाउनका कारण ससुरालीमै दलित ज्वाइँ बसेकाे अहिले पनि भेटन सकिन्छ ।यति भन्दै उक्त दिनको घटनालाई हल्का रुपमा लिने र दाेषीलाई उम्कन दिने भन्ने कदापि हाेइन ।दाेषीलाई बचाउन खाेज्ने हर्कतहरुकाे सबै तिर बाट खबरदारी आवश्यक छ ।तर यहि कुर अमानवीय घटनालाई लिएर सिङ्गो रुकुमकाे चित्र एउटै देख्ने साेचहरु परिवर्तन हुन आवश्यक छ ।तथ्य नबुझेर ठाउँ ,मानिस तथा कुनै जात प्रति गरिने ब्यवहार तथा शैलीहरु दरिद्र मानसिकताका उपज हुन ।घटनामा ज्यान गुमाउने ती कलिला युवाहरु प्रति हार्दिक श्रद्धाञ्जली ! न्याय मरेको छैन दाेषीलाई अवश्य कार्वाही हाेस !