
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (WHO) सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । केही दिन अगाडि ट्रम्पले (WHO)लाई निश्चित समय सिमा दिएका थिए ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न (WHO) असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।
शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले (WHO) लाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’
संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था (WHO) लाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।अमेरिका (WHO) को सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष (WHO लाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो ।
।