
गत जेठ १० गतेका दिन रुकुमको सोती घटनामा ज्यान गुमाएका रुकुम पश्चिम चौरजहारी नगरपालिका १ निवासी टिकाराम नेपालीका परिवारलाई किरिया खर्च स्वरुप विभिन्न ब्यक्तिहरु बाट सहयोग रकम प्रदान गरिएको छ ।रुकुम निवासी राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरी, संघिय सांसद तिर्था गौतम, जाजरकोटका नेपालीका काँग्रेसका नेता राजिव बिक्रम शाह, नेपाली काँग्रेस रुकुम। पश्चिमका सभापति प्रेमप्रकाश ओली र चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले पीडित परिवारलाई किरिया खर्च स्वरुप सहयोग उपलब्ध गरेका हुन । टिकारामको किरिया खर्चको लागि रु.१ लाख सहयोग उपलब्ध भएको छ ।
शुक्रबार चौरजहारी नगरपालिका प्रमुख बिशाल शर्माले मृतकका परिवारजनलाई रु.३० हजार र खाद्यन्न सामाग्री उपलब्ध गराएका थिए । त्यसै गरी शनिबार राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरीले १० हजार, संघिय सांसद तिर्था गौतमले १० हजार, काँग्रेस नेता राजिव बिक्रम शाहले २५ हजार र नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले २५ हजार सहयोग प्रदान गरेका हुन ।
सहयोगी सबै व्यक्तिहरुले टिकाराम लगायत उक्त घटनामा मारिएका परिवाजनले न्याय पाउनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारबाहि हुनुपर्ने बताएका थिए । उक्त घटना अकल्पनिय र बर्बरतापुर्ण रहेकोले घटना अनुसन्धान प्रक्रियामा सहयोग गरेर पीडितलाई कारबाहि गराएरै छाड्ने सबैले प्रतिबद्धता जनाए ।