
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयाेगशालामा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।
शनिबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए ।यस्तै शनिबार सम्म काेराेना संक्रमण बाट निकाे भएर घर जानेको संख्या २ सय १९ पुगेको छ ।