
नेपालमा आइतबार थप नयाँ १ सय ६६ जना काेराेना भाइरस संक्रमितहरु फेला परेका छन ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जनामा संक्रमण पुष्टि भएको हो।
तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।
नेपालमा कोरोना संक्रमितको संख्या याे सँगै १ हजार पाँच सय ६७ पुगेको छ। यस्तै ८ जनाकाे नेपालमा काेराेना भाइरस काे कारण ज्यान समेत गएको छ । यस्तै आइतबार सम्म २ सय १९ जना काेराेना संक्रमित सन्चो भएर घर फर्केका छन ।